आज पनि घट्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६ सयले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ५५ रुपैयाँमा पुगेको छ ।