भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नयाँ दिल्लीमा भएको भेटवार्तामा सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्ने सहमति भएको छ । दुवै पक्षले संवेदनशील विषयलाई सावधानीपूर्वक सम्हाल्ने, वार्ता संयन्त्र पुनः सुरु गर्ने र आपसी सहयोगलाई गहिरो बनाउने निर्णय गरेका छन् ।

मोदीले भारत–चीनलाई साझेदारका रूपमा अगाडि बढाउनुपर्ने भन्दै द्विपक्षीय सहयोगको ठूलो सम्भावना रहेको बताए । वाङले कजान बैठकमा भएका सहमतिलाई कार्यान्वयन गर्दै सम्बन्धलाई दीर्घकालीन साझेदारीमा परिणत गर्ने प्रतिबद्धता जनाए ।

7
Shares
४ भाद्र २०८२, बुधबार ११:२८