मनीष चापागाईंद्वारा सञ्चालित गौरिभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ सेन्टर तथा गैरिभक्त ड्राइभिङ स्कुलमार्फत अहिलेसम्म हजारौँ युवालाई निःशुल्क तालिम दिइएको छ। यी तालिमहरूले धेरैलाई रोजगारी मात्र होइन स्व–रोजगारको बाटो पनि खोलिदिएको छ।
उनको विश्वास छ “शिक्षा र सीप नै जीवनको ठोस आधार हो”। यही सोचका साथ उनले आर्थिक रूपमा कमजोर युवाहरूलाई प्राथमिकतामा राख्दै होटेल व्यवस्थापनदेखि ड्राइभिङसम्मका दक्षता–आधारित तालिमहरू प्रदान गर्दै आएका छन्।युवा पुस्तामा सीप र आत्मनिर्भरता फैलाउने उनको अभियानलाई स्थानीय समुदाय र लाभान्वित युवाहरूले खुलेर सराहना गर्दै आएका छन्।