बलिउड स्टार ऋतिक रोशन र जुनियर एनटीआरको ‘वार २’ र रजनीकान्तको ‘कुली’ एउटै दिन रिलिज भएपछि बक्स अफिसमा ठुलो प्रतिस्पर्धा देखिएको छ।
बक्स अफिस ट्र्याकर स्याकनिल्कका अनुसार, दोस्रो दिन ‘वार २’ ले २३.३८ करोड कमाउँदा ‘कुली’ले १९.०५ करोड रुपैयाँ कमाएको छ।
पहिलो दिन भने ‘कुली’ अगाडि रहेको थियो, जसले ६५ करोड बटुलेको थियो भने ‘वार २’ को कमाइ ५२.५ करोड रुपैयाँ रहेको थियो। समीक्षकको सकारात्मक प्रतिक्रिया पाएको ‘कुली’को कमाइ अझै बढ्ने अनुमान गरिएको छ।