प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अर्थ मन्त्रालयका तीन वरिष्ठ अधिकारीबीच कार्यसम्पादन सम्झौता भएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामार्फत तोकिएका लक्ष्य, कार्यदिशा र जिम्मेवारीहरू समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमति जनाइएको मन्त्रालयले जनाएको छ।

21
Shares
३० श्रावण २०८२, शुक्रबार १५:४३