बुटवल, ३० साउन  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा दुई दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु गरेको छ।

प्रदेशका ११ जिल्लाबाट ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम रुपन्देही–३ मा हुने उपनिर्वाचनसँग पनि जोडिएको छ। कार्यक्रमको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका हुन्।

प्रशिक्षणमा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायत नेताहरूले पार्टी सबलीकरण र उपनिर्वाचनबारे प्रशिक्षण दिइरहेका छन्।

पत्रकारहरूसँग कुराकानी गर्दै बुर्लाकोटीले प्रधानमन्त्री ओलीले संसद् र अन्य मञ्चको दुरुपयोग गरेर विपक्षीको आलोचना गरेको आरोप लगाए। साथै, रुपन्देही–३ उपनिर्वाचनमा स्वतन्त्र र वैकल्पिक शक्तिसँग सहकार्य हुने दाबी गरे।

14
Shares
३० श्रावण २०८२, शुक्रबार १४:१५