सोल   दक्षिण कोरियामा घट्दो जन्मदरको असर सेनाको जनशक्तिमा देखिन थालेको छ। रक्षा मन्त्रालयको नयाँ प्रतिवेदनअनुसार पछिल्ला ६ वर्षमा सैनिक सङ्ख्या ५ लाख ६३ हजारबाट घटेर ४ लाख ५० हजारमा झरेको छ, जुन करिब २० प्रतिशतले कमी हो।

प्रतिवेदनमा युवा जनसंख्या कमी र सेनाको व्यवहारप्रति असन्तुष्टि सैनिक बन्ने इच्छामा कमीको मुख्य कारणको रूपमा उल्लेख गरिएको छ।

यो खबर उत्तर कोरियाको सैन्य गतिविधि र मस्कोसँगको सम्बन्ध बलियो हुँदै गएको सन्दर्भमा आएको छ, जसले दक्षिण कोरियाको सुरक्षा रणनीतिमा थप चासो बढाएको छ।

28
Shares
३० श्रावण २०८२, शुक्रबार १०:०८