विराटनगर । झापा, मोरङ र धनकुटाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति र बरामद सामग्री:

  • झापा: शिवसताक्षी नगरपालिका–५ का २९ वर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ वर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ। उनीहरूलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जको टोलीले साउन १८ गते पक्राउ गरेको हो।
  • मोरङ: विराटनगर–१५ बाट सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३२ वर्षीय मनोज बस्नेतलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
  • धनकुटा: चौबिसे गाउँपालिका–६ बाट मुकेश विश्वकर्मा र दिवस राईलाई इलाका प्रहरी कार्यालय राजारानीले २ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
42
Shares
२० श्रावण २०८२, मंगलवार ०५:४७