१८ साउन, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेशको कार्यभार सुम्पिएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अतिथिका रूपमा भाग लिन खापुङ मलेसिया जान लागेकाले उक्त कार्यभार तोकिएको हो। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले यो निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै खापुङको विदेश भ्रमण अवधिभर सुमित्रा सुवेदीले कोशी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ।