रुपन्देही क्षेत्र–३ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको यस क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

पार्टी महासचिव शंकर पोखरेलले जारी गरेको परिपत्रअनुसार, जिल्ला र प्रदेश कमिटीले आगामी भदौ १५ गतेभित्र एक महिलासहित तीन जना उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्नुपर्नेछ।

उम्मेदवारको नाम सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिनुपर्ने बताइएको छ।
35
Shares
१५ श्रावण २०८२, बिहीबार १२:५४