काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी, नक्कली सुनका गरगहना खरिद गर्ने भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने खोटाङ दिक्तेल मझुवागढी नगरपालिका–१४ बुईपाका ३९ वर्षीय भक्तबहादुर गदाल विक समेत पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितलाई नक्कली सुनलाई सक्कली भनी झुक्याएर उनीहरूसँग भएको सुनका गरगहना र नगद ठगी गरी फरार भएका थिए।साथै, उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू रहेको र बजार मूल्यभन्दा धेरै कममा दिने भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गरेको पाइएको छ। पीडितहरूले सटही गर्न ल्याएको नेपाली रुपैयाँसमेत लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने १७ ग्राम ६ सय मिलिग्राम पहेँलो धातु, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना. ५७ प १५१६ नम्बरको स्कुटर बरामद गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।