विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत २२ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ, जसबाट २ लाख ३८ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।
‘समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ भन्ने नाराका साथ प्रदेश प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।सचेतनामूलक कार्यक्रमका मुख्य विषयहरू:
- महिला हिंसा न्यूनीकरण
- लागूऔषध विरुद्ध जनचेतना
- ट्राफिक नियम तथा सडक सुरक्षा
- साइबर अपराध / विद्युतीय अपराध
- आत्महत्या न्यूनीकरण
- मानव बेचबिखन तथा ओसारपसार
- घरेलु हिंसा, लैङ्गिक हिंसा, जातीय छुवाछुत, बहुविवाह, बालविवाह
- बालबालिकामाथि हुने शारीरिक तथा मानसिक यातना
- प्राकृतिक प्रकोप र अन्य कानूनी प्रावधानहरू
- खोटाङ: ४,१५५
- इलाम: ३,५७९
- सुनसरी: २,१३५
- सोलुखुम्बु: २,१११
- भोजपुर: १,९१७
- झापा: १,५९८
- धनकुटा: १,२६०
- ओखलढुंगा: १,१०७
- उदयपुर: ८२४
- संखुवासभा: ७७२
- ताप्लेजुङ: ७३६
- मोरङ: ७०५
- तेह्रथुम: ६०६
- पाँचथर: ६०१
यी कार्यक्रमहरू स्थानीय पालिका, विभिन्न संघसंस्था र विद्यालयहरूसँगको समन्वय र सहकार्यमा सुगमदेखि दुर्गम क्षेत्रसम्म सञ्चालन गरिएको थियो। कोशी प्रदेश प्रहरीले अपराधमुक्त समाज निर्माणका लागि ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूमा सुरक्षा चेतना र कानूनी ज्ञान फैलाउन निरन्तर सक्रिय रहेको जनाएको छ।