विराटनगर–११ जनपथ टोलस्थित गोल्डेन अस्पतालमा आइतबार तीन वर्षीया बालिकाको मृत घोषणा गरेपछि फेरि सास आएको भन्दै उपचार सुरु गरिएपछि तनाव उत्पन्न भयो। बालिका आरुषी पासवानलाई पानीमा डुबेको अवस्थामा अस्पताल ल्याइएको थियो। बिहान ११ बजे भर्ना गरिएकी बालिकालाई दिउँसो १ बजे मृत घोषित गरिएको थियो।

तर, १० मिनेटपछि चिकित्सकले पुनः सास आएको भन्दै उपचार सुरु गरे। यसक्रममा डाक्टरले आफन्तलाई “उपचार गर्ने औकात छैन” भन्दै अपमानजनक व्यवहार गरेको पीडित पक्षको आरोप छ। यसले आक्रोशित आफन्तलाई उक्सायो र अस्पतालमा तोडफोड भयो।

तोडफोडपछि डाक्टरले माफी मागेपछि बालिकालाई घर लैजाने सहमति भएको छ। गोल्डेन अस्पताल यसअघि पनि विवादमा तानिँदै आएको छ। गत वर्ष उपचार खर्च तिर्न नसक्दा एक युवकको शव बन्धक बनाएको आरोप लागेको थियो।
511
Shares
११ श्रावण २०८२, आईतवार २०:३७