करिब एक करोड ५० लाख रुद्राक्षका दाना प्रयोग गरी निर्माण गरिएको यो दिव्य शिवलिङ्गले धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्व बोकेको छ।
पशुपति क्षेत्र विकास कोषले धार्मिक तथा सांस्कृतिक महत्व झल्काउने यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ। रुद्राक्षलाई भगवान शिवको आँसुबाट उत्पत्ति भएको मानिने हुनाले यसलाई अत्यन्तै पवित्र मानिन्छ। यसको प्रयोगले निर्मित यो भव्य शिवलिङ्गले भक्तजनहरूमा अलौकिक श्रद्धा जगाएको छ।यस्तो विशाल रुद्राक्षको शिवलिङ्ग निर्माण गर्नुको मुख्य उद्देश्य धार्मिक आस्था प्रवर्द्धन गर्नुका साथै नेपालको विशिष्ट धार्मिक कला र शिल्पलाई विश्वसामु चिनाउनु पनि हो। यसले पशुपतिनाथको आध्यात्मिक वातावरणलाई थप सुदृढ बनाएको छ।
विशेष गरी शिवरात्री, साउन महिना जस्ता पर्वहरूमा पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गर्दछ, र यस्तो बेला यो रुद्राक्ष शिवलिङ्गले थप आकर्षण प्रदान गर्नेछ।यो शिवलिङ्गको निर्माणले धार्मिक पर्यटनमा पनि टेवा पुर्याउने विश्वास लिइएको छ। भक्तजनहरूले रुद्राक्षको शिवलिङ्गको दर्शन गरी आध्यात्मिक ऊर्जा प्राप्त गर्ने र यसले पशुपति क्षेत्रको गरिमालाई अझ उचो पार्ने अपेक्षा गरिएको छ।