घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको थियो । उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।
न्युसनलाई पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । विवादको वास्तविक कारण खुलेको छैन ।भतिजको कुटपिटबाट वृद्धको मृत्यु
खोटाङ । आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति कुटपिटमा परेका राईको आइतबार बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताए ।