सुनसरी । सुनसरी प्रहरीले ‘प्रहरी हुँ’ भन्दै विभिन्न व्यक्तिहरूलाई धाकधम्की दिएर रकम असुली गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–९ का ३० वर्षीय पवन मेहता रहेका छन्। उनलाई भोक्राहा–नरसिंह गाउँपालिका–५ बाट बिहीबार साँझ पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।

विशेष सूचनाका आधारमा प्रहरी चौकी पोखरी चोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मेहतालाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट मेहताले आफूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी बताउँदै विगत केही दिनदेखि सर्वसाधारणलाई धम्की दिएर रकम असुल्ने गरेको खुलेको डीएसपी खतिवडाले बताए।

प्रहरीले मेहतालाई को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
70
Shares
९ श्रावण २०८२, शुक्रबार १२:४६