विराटनगर। मोरङको कटहरीमा बिहीबार दिउँसो एक पुरुष नहरमा मृत अवस्थामा फेला परेका छन्।

कटहरी गाउँपालिका–२ का अन्दाजी ३६ वर्षीय राजकुमार ऋषिदेवको शव घरनजिकै रहेको पानीको नहरमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने र घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ।

56
Shares
८ श्रावण २०८२, बिहीबार १६:३२