विराटनगर । झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। सुनसरीको इनरुवा नगरपालिका-३ मा निर्माणाधीन घरको छत ढलानका लागि फलामको डन्डी मिलाउने क्रममा नाङ्गो तारमा छुन पुग्दा बर्जु-६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ वर्षीय श्रवण चौधरीलाई करेन्ट लागेको थियो।

घाइते भएका उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारका क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई भने थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ।

झापाको गौरादह नगरपालिका-७ की ७७ वर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाईगोठमा कुटी काट्ने क्रममा अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको थियो।
14
Shares
८ श्रावण २०८२, बिहीबार १५:०९