काठमाडौं । महंगी र भ्रष्टाचारविरूद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

क्रान्तिकारी युवा संघ नेपालले बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विरोध र्‍याली गरेको हो । उनीहरूले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरूद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल र्‍याली गरेका हुन् ।

ललितपुरको कुपण्डोलबाट सुरू भएको र्‍याली लगनखेल, बल्खु, कालिमाटी, वनस्थली, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै सिफलमा गई टुंगिने छ ।
21
Shares
८ श्रावण २०८२, बिहीबार १५:०१