काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयको निमित्त रजिष्ट्रारमा देवीप्रसाद सुवेदीलाई तोकिएको छ । कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी घुस लिएको आरोपपछि कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानेर सुवेदीलाई निमित्त रजिष्ट्रार तोकिएको मन्त्रालयले जनाएको छ ।

रजिष्ट्रार गिरी र उपरजिष्टार सोमराज बराल सहायक रजिष्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले स्पष्टीकरण सोधेको थियो । उनीहरूलाई विभागीय कारबाही गर्ने प्रयोजनका लागि निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समितिले स्पष्टीकरण सोधेको जनाइएको छ ।

घुस लिएको विवादपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीको सरुवा गरिएको थियो । कार्यालयमा नयाँ कर्मचारी नियुक्त गरी स्वरूपलाई फङसनल बनाउने मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले जानकारी दिए ।
42
Shares
८ श्रावण २०८२, बिहीबार १४:५६