हालको अवस्था:
- कोशी, बागमती र गण्डकी लगायतका पहाडी भूभागमा सामान्य बदली।
- बाँकी प्रदेशमा आंशिक बदली।
- बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
- कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ।
- बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
- कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना।
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना।
आज रातिको पूर्वानुमान:
- कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना।
- कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना।सतर्कता: