फिल्मको मुख्य भूमिकामा यसअघि अभिनेत्री उपासनासिंह ठकुरी र अभिनेता कुन्साङ बमजन छानिएका थिए । उपासना अनुप कि कुन्साङ कसको जोडी बन्ने हो, त्यो अहिले खुलाइएको छैन ।
अनुपले यस फिल्म मार्फत निर्देशक चाम्ससँग चौथोपटक काम गर्न लागेका हुन् । चाम्सको ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ फिल्म यसअघि उनले अभिनय गरेका थिए । अनुपविक्रम शाहीका अनुसार ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नपाएको भूमिका पाएका छन् । त्यसैले पनि उनी यो फिल्ममा लोभिएका हुन् ।गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले बताए । फिल्मको अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको जारी छ । राजीव थापाको लेखन रहेन फिल्म अगस्टबाट लन्डन र नेपालमा छायाङ्कन हुनेछ ।