प्रदेश भौतिक मन्त्रालय अन्तर्गत सञ्चालन हुने सडक, मोटरेबल पुल, भवन लगायतका कार्यक्रमका लागि ताप्लेजुङका सेवाग्राहीले अब पाँचथर धाउनुपर्ने बाध्यता हटेको छ । संघीय संरचनापछि पनि जनताले असुविधाको महसुस नगरुन् भनेर जिल्ला जिल्लामा कार्यालय स्थापना भइरहेको मन्त्री राईले बताए । यसै आर्थिक वर्षदेखि नै जनताको सेवा जिल्लाबाटै गर्ने उद्देश्यले आर्थिक वर्षको सुरुमै कार्यालय स्थापना गरिएको मन्त्री राईले बताए ।
ठूला योजनाको ठेक्का, साना योजनाको सम्झौता अब जिल्लाबाटै हुने उनले बताए । उद्घाटन कार्यक्रममा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, सांसद निर्मला तावा लगायतको उपस्थिति थियो ।कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय स्थापना
कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले कार्यालयको उद्घाटन गरेका हुन् । सदरमुकाम फुङलिङको हुलाक लाइनमा एउटा घर भाडामा लिएर यो कार्यालय राखिएको हो । यसअघिसम्म पाँचथर कार्यालयले ताप्लेजुङसमेत हेर्दै आएको थियो ।