यो पुल रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि करिब पाँच करोड रुपैयाँको लागतमा बनाएको थियो । रेमिट हाइड्रोका साइड इन्चार्ज मुकुन्द पोख्रेलका अनुसार खोलामा आज बिहान विशाल बाढी आएको थियो ।
स्थानीय ग्यावु शेर्पाका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको छ । लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिस भने भाग्न सफल भएको ग्यावुले बताएका छन् ।उनका अनुसार यो क्षेत्रमा हिजो बेलुकादेखिनै वर्षा भइरहेको छ । खोलामा ठूलो बाढी आएर पुलभने आज बिहान ४ बजेतिर बगाएको वडा नम्बर ६ का वडाध्यक्ष पेम्वाटाँसी शेर्पाले जानकारी दिए । लेलेपमा यसअघि पनि खोलामा आएको बाढीले विद्युत्को स्थानीय उत्पादन बन्द भएको छ ।