काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसोको मौसम पूर्वानुमान

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बाँकी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसम पूर्वानुमान

आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

28
Shares
७ श्रावण २०८२, बुधबार ०७:२३