शृङ्खलाको स्वरूप र उद्देश्य
यी शृङ्खलाहरू दुवै देशमा पालैपालो आयोजना गरिने सहमति भएको छ। क्यानका अनुसार यस सहकार्यले दुवै मुलुकका क्रिकेट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनेछ भने एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई थप सशक्त बनाउनेछ।नेपाल र कुवेत दुवै देश हाल आईसीसीअन्तर्गत एसोसिएट राष्ट्रका रूपमा खेल्दै आएका छन्। दुवै टोली आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा एउटै समूहमा छन्। उक्त छनोटमा ९ टोली सहभागी हुनेछन्, जसबाट शीर्ष ३ टोलीले सन् २०२६ को टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
क्रिकेट विकासमा महत्त्वक्यान र कुवेत क्रिकेट बोर्डबीचको यो समझदारी एसोसिएट क्रिकेट राष्ट्रबीचको सहकार्यको उदाहरण मात्र नभई दीर्घकालीन रूपमा खेलको विकास र स्तरीकरणमा महत्त्वपूर्ण ठानिएको छ।
नेपालले पछिल्ला वर्षहरूमा पुरुष क्रिकेटतर्फ उल्लेखनीय उचाइ हासिल गर्दै आएको छ भने महिला क्रिकेटमा पनि निरन्तर प्रगति गरिरहेको छ। कुवेतले पनि दुवै वर्गको क्रिकेटमा लगानी बढाइरहेको सन्दर्भमा यो समझदारीले दुवै देशलाई समृद्ध क्रिकेट साझेदार बनाउने विश्वास गरिएको छ।