विराटनगरको गोग्राहा चोकमा अवस्थित अर्बान स्पोर्ट्स फिटनेस सेन्टर शारीरिक तन्दुरुस्तीका लागि एक प्रमुख गन्तव्य बन्दै गएको छ। डिलाइट एन्ड चियर्स हस्पिटालिटी प्राइभेट लिमिटेड अन्तर्गत सञ्चालित यस सेन्टरले दक्ष प्रशिक्षकहरूद्वारा व्यवस्थित तालिम प्रदान गर्दै आएको छ, जसका कारण सहभागीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।

अर्बान स्पोर्ट्स फिटनेस सेन्टरले शारीरिक सुगठन (बडिबिल्डिङ), पावरलिफ्टिङ, वेटलिफ्टिङ लगायतका व्यक्तिगत तालिमहरू प्रदान गर्दछ। हाल यहाँ बास्केटबलको तालिम पनि उपलब्ध छ भने चाँडै स्विमिङ र जुम्बा कक्षाहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै सेन्टरले फिजियोथेरापी सेवा पनि उपलब्ध गराएको छ, जहाँ पेशेवर थेरापिस्टहरूमार्फत चोटपटक वा अन्य शारीरिक समस्या समाधानका लागि सेवा दिइन्छ।

‘अर्बान स्पोर्ट्स फिटनेस सेन्टर’ ले केवल शारीरिक अभ्यासमा मात्र होइन, समग्र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ। सबै सेवा अनुभवी र प्रमाणित प्रशिक्षक तथा विशेषज्ञहरूमार्फत प्रदान गरिन्छ।

यो सेन्टर हरेक दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा रहनेछ, जसमा फरक–फरक समयमा विभिन्न कक्षाहरू सञ्चालन हुन्छन्। यस्तै सुविधायुक्त वातावरणका कारण विराटनगरवासीहरूलाई स्वस्थ, सक्रिय र अनुशासित जीवनशैली अपनाउन अर्बान स्पोर्ट्स फिटनेस सेन्टरले उत्साहित बनाइरहेको छ।

686
Shares
६ श्रावण २०८२, मंगलवार १२:३३