विराटनगरको कन्चनबारीमा रहेको आर्या हस्पिटलले पछिल्लो समय बिरामीहरूको विश्वास जित्दै आएको छ । धेरैले आर्या हस्पिटल भनेर चिन्ने यो संस्थाको नाम आर्य हस्पिटल अफ न्युरोसर्जिकल एन्ड एलाइड साइन्सेस हो ।

स्नायुसम्बन्धी रोगको विशेषज्ञद्वारा उपचार गर्न एउटा व्यवस्थित संस्था स्थापनपा गर्ने डाक्टर पंकजराज नेपाल र उनको टोलीको सपनाले साकार रुप पाउँदा यो हस्पिटलको जन्म भएको हो ।

न्युरोलोजिकल अर्थात् स्नायु सम्बन्धी रोगको उपचारका लागि यो हस्पिटलले लोकप्रियता कमाइरहेको छ । यो हस्पिटलमा स्नायु सम्बन्धी सामान्य रोगको उपचार हुने मात्र होइन स्नायु शल्यक्रिया र यसका सम्बन्धित अन्य रोगहरूबाट पीडित बिरामीहरूलाई गुणस्तरीय सेवा दिने गरिएको छ ।

कन्सलटेन्ट सर्जन एवं हस्पिटलका म्यानेजिङ डाइरेक्टर डाक्टर पंकजराज नेपालका अनुसार बिरामीको उपचारका लागि गुणस्तरमा हुनै सम्झौता नगरी उन्नत र सुरक्षित उपचार प्रदान गर्ने गरिएको छ ।

उपचारका लागि लाग्ने समय बचाएर मस्तिष्क बचाउन सकिन्छ भन्ने विश्वास डाक्टर नेपालको छ । यही विश्वासका साथ उपचार सेवा प्रदान गरिने भएकाले स्ट्रोक, टाउकोको चोट, हाइड्रोसेफालस, मेरुदण्डको चोट अर्थात् स्पाइनल इन्जुरी, आकस्मिक स्नायु रोग भएका अधिकांश मानिसहरू लाभान्वित भइरहेका छन् ।

बिरामीको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै अस्पतालको संरचनादेखि परीक्षण र उपचारमा प्रयोग गरिने उपकरणहरू व्यवस्थित गरिएको हस्पिटलले जनाएको छ । उच्च प्रविधियुक्त उपकरण र मेशिनरीका साथै समर्पित टोलीका कारण आर्या हस्पिटलका सेवाहरू विश्वका उत्कृष्ट न्यूरो केन्द्रहरूसँग तुलना गर्न सकिने दाबी अस्पताल प्रशासनको छ ।

पहिले स्नायु सम्बन्धी जटिल समस्या भएका बिरामीहरु काठमाडौं र भारतका विभिन्न सहर पुग्नुपर्ने अवस्था रहेकोमा अब भने विराटनगरमै उत्कृष्ट सेवासहितको उपचार उपलब्ध भएको हस्पिटलले जनाएको छ ।

119
Shares
६ श्रावण २०८२, मंगलवार ११:३१