प्रधानमन्त्री ओली सहितको टोली भदौ ३१ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने जनाइएको छ । त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने कार्यक्रम छ ।
भ्रमणका क्रममा दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुने स्रोतको भनाइ छ ।दुईपक्षीय सीमा व्यवस्थापन समूहको गृहसचिव स्तरीय बैठक त्यसअघि दिल्लीमा बस्ने भएको छ । यसका लागि नेपालले तयारी सुरु गरिसकेको जनाइएको छ ।