उनले प्रदेश सभा खारेज हुनुपर्ने पार्टीको नीति रहेको बताए। ‘हामी प्रदेश राख्न चाहन्छौँ तर प्रदेश सभा खारेज गर्न चाहन्छौँ’, उनले भने। झाले स्थानीय तहका प्रतिनिधिहरूले प्रदेशको सभा गर्ने गरी अगाडि बढ्नुपर्ने बताए।
‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ। प्रदेश सभा खारेज गर्न चाहन्छौँ। प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह।पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ’, उनले भने।सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताए।