विराटनगर । मोरङमा दुई जना मृत फेला परेका छन् । शुक्रबार मोरङको बुढीगंगा गाउँपालिका– २ थापट्टी र कटहरी गाउँपालिका– १ मा एक–एक जना पुरुष मृत फेला परेको हुन् ।

शुक्रबार दिउँसो १ बजे मोरङको बुढीगंगा गाउँपालिका– २ मा खोटाङको खोटेहाङ गाउँपालिका– ६ बस्ने ५५–५६ वर्षीय रमेश परियार मृत फेला परेका हुन् ।

त्यस्तै कटहरी गाउँपालिका– १ मा ६२ वर्षीय बुद्धीराम माझी मृत फेला परेका हुन् । प्रहरीका अनुसार अशोक माझीको सुख्खा खेतमा उनी मृत फेला परेका थिए । उनी मादकपदार्थ सेवनकर्ता रहेको प्रहरीले बताएको छ ।
21
Shares
३ श्रावण २०८२, शनिबार ०६:४२