अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको आगमनले नयाँ इतिहास बनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा झन्डै २ लाख ७८ हजार विदेशी पर्यटकले अन्नपूर्णको सौन्दर्य अनुभव गरे, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो। मुक्तिनाथ दर्शनमा बढ्दो भारतीय आस्था र पदयात्राको विश्वव्यापी आकर्षणले अन्नपूर्णलाई पर्यटकीय नक्शामा चम्काइरहेको छ।

भारतीय धार्मिक पर्यटकहरूको उत्साह चुलिँदै गएको छ। मोदीको मुक्तिनाथ भ्रमणपछि त्यहाँको धार्मिक महत्त्व अझै उचाइमा पुगेको छ। खासगरी गर्मीयाममा भारतबाट हजारौं पर्यटक मुक्तिनाथ दर्शन र पहाडी शीतलता खोज्दै अन्नपूर्ण क्षेत्र आइपुग्ने गरेका छन्। पदयात्रा प्रेमी तेश्रो मुलुकका पर्यटकहरू पनि मनाङ, थोराङला, र अन्नपूर्ण बेसक्याम्पतर्फ ओइरिन थालेका छन्।

अन्नपूर्ण फेरोको पदयात्रा पहिले २८ दिनमा सकिन्थ्यो, अहिले भने मोटरमार्ग विस्तारले यात्रा छोटिएको छ। तर साहसिकता घटेको छैन—सवारी र पैदल यात्राको मिश्रणले अबको अनुभव अझ रोचक बनेको छ। गर्मी छल्न, शान्ति खोज्न र प्रकृतिको काखमा रमाउन अन्नपूर्ण क्षेत्र पर्यटकका लागि उत्तिकै मोहक गन्तव्य बन्दै गएको छ।

21
Shares
१ श्रावण २०८२, बिहीबार १६:०९