विपद्बाट मृत्यु हुनेमा चट्याङबाट २६ जना, आगलागीबाट १४, बाढीबाट १३, जनावरको आक्रमणबाट १२, लेक लागेर ११, हावाहुरीबाट ८, पहिरोबाट ६, सर्पदंशबाट २ र भारी वर्षाबाट १ जना रहेका छन् । बाढीबाट बेपत्ता हुनेको संख्या २२ छ ।
यस्तै, चट्याङबाट सबैभन्दा बढी १६१ जना घाइते भएका छन् । आगलागीबाट १३४, जनावरको आक्रमणबाट ४६, हावाहुरीबाट ३९, लेक लागेर २६, सर्पदंशबाट २२, पहिरोबाट ७, बाढीबाट ६, वनडढेलोबाट २, असिना हुरी र डुंगा पल्टेर लाग्दा १/१ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।यी घटनामा सबैभन्दा बढी बाढीका कारण १ हजार २ सय ४६ परिवार प्रभावित भएका छन् । विपद्को समग्र तथ्यांक हेर्दा चट्याङले धेरै मानवीय क्षति गरेको छ । यो तीन महिनामा चट्याङबाट मात्रै २६ जनाले ज्यान गुमाउनुका साथै १६१ जना घाइते भएका छन् ।