विराटनगर । मोरङको जहदाबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान स्थानीय दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।

हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् ।

भुस राख्ने छाप्रो घरभित्र लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको छ ।
35
Shares
३२ असार २०८२, बुधबार १३:५९