राति साढे ९ बजेतिर मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता सुशान्त मिश्रले बताएका छन् ।
करेन्ट लागेर महिलाको मृत्यु
खोटाङ । जिल्लाको बाराहापोखरी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।