नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी र विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न सक्ने वातावरण बनाउन सरकार जिम्मेवार बन्नुपर्ने बताए। काठमाडौंमा आयोजित इप्पानको २३ औं वार्षिक साधारण सभामा उनले लगानीकर्तालाई सजिलो र सरल माध्यमबाट लगानी गर्न सहयोग गर्नुपर्ने धारणा राखे।

देउवाले जलविद्युत आयोजनाहरूको आईपीओ रोक्नु गलत भएको उल्लेख गर्दै धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्ने अपेक्षा व्यक्त गरे। उनले जलविद्युत र हरित ऊर्जा नेपालका लागि सम्भावनायुक्त क्षेत्र भएको भन्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए।

उनले नेपालको आर्थिक र सामाजिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट गर्दै निजी क्षेत्रलाई अझ प्रोत्साहन गर्नुपर्ने बताए। उत्पादन वृद्धि, लोडसेडिङ अन्त्यजस्ता सफलतामा निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै, देउवाले उदारवाद र निजीकरण नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

28
Shares
३१ असार २०८२, मंगलवार १२:३९