कांग्रेसको बुद्धिजीवी विभागले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा महामन्त्री थापाले मन्त्री गुप्ताले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए ।
‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यू तपाईँले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’थापाले घटनाको छानबिन हुनुपर्ने बताए । अनुसन्धान गर्दै गर्दा कहीँकतै कोही दोषी देखिन्छ भने उसलाई कारबाही हुनुपर्ने थापाको भनाइ थियो ।