विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा सोमबार बिहानको राति करिब १ गोली हानी १८ वर्षीय किशोरीको हत्या भएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार १८ वर्षीय अर्सी खातुनको गोली हानी हत्या भएको हो ।

उनका अनुसार अनुसार किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेका हुन् । भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत– १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले गोली प्रहार गरी हत्या गरेको देखिएको उनले बताए । घटनापछि मिया फरार छन् । फरार मियाको खोजी भइरहेको उनले बताए ।

घटनास्थलमा एउटा खोका पनि फेला परेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कटुवा पेस्तोल प्रहार गरेको जस्तो देखिएको उनले बताए ।
28
Shares
३० असार २०८२, सोमबार ०८:४३