भोजपुर। भोजपुर उद्योग वाणिज्य सङ्घको १४औँ वार्षिक साधारण सभामा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको ब्रान्डिङ, घरेलु उद्योगको प्रवर्द्धन तथा निजी क्षेत्रको सुरक्षा र दिगोपनालाई सुनिश्चित गर्न जोड दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न सभामा अध्यक्ष राउतले भोजपुरको खुकुरी लगायत स्थानीय उत्पादनलाई विश्वबजारसम्म पुर्‍याउन उद्योग वाणिज्य सङ्घले अग्रसर भूमिका खेल्नुपर्ने बताए। साथै, बाढी, पहिरो र ढुवानी समस्याजस्ता जोखिमबाट निजी क्षेत्रलाई जोगाउन सरकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

सभामा सहभागी केन्द्रीय सदस्यहरू, सांसद, प्रशासन प्रमुख लगायतले निजी लगानीमैत्री नीतिको आवश्यकता औंल्याउँदै संघीय ढाँचाअनुसार उद्योग वाणिज्य सङ्घलाई सबल र प्रभावकारी बनाउन सुझाव दिएका थिए। कार्यक्रमअघि भोजपुरका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकनसमेत गरिएको थियो।

7
Shares
२९ असार २०८२, आईतवार १३:१२