उनको पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका हुन् । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।त्यसैगरी, सिदिङ्वा गाउँपालिका- ५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् ।
सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।चट्याङ लागेर मृत्यु
ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका- ३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।