पश्चिमी युरोपमा यस वर्षको जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ, जहाँ औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको छ। जुन १७ देखि २२ सम्मको पहिलो गर्मीको लहरले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड र बेलायतलाई तापले झसंग पारेको थियो। महिनाको अन्त्यतिर जुन ३० र जुलाई १ मा आएको दोस्रो र झनै तीव्र गर्मीको लहरमा औसत तापक्रम २४.९ डिग्री सेल्सियस नापिएको छ। मौसमविद्हरूले यो बढ्दो गर्मी जलवायु परिवर्तनको संकेत भएको चेतावनी दिएका छन्।
14
Shares
२५ असार २०८२, बुधबार १०:२०