विराटनगर — मोरङको धनपालथान गाउँपालिका–२ पैटाबाट २५ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको अररियाका २५ वर्षीय मोहमद ईर्सादलाई सोमबार राति प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको असई नवराज कार्कीको नेतृत्वमा गएको टोलीले बीआर ३८ क्यू ५६८६ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथमा रहेको झेलाभित्र २५ किलो २५० ग्राम गाँजा फेला पारेको थियो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार ईर्साद नेपालबाट भारततर्फ लागेका थिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
Avash Media Group Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३६१२/०७९/०८०
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर ३५९६
विराटनगर–५, सम्झना चोक, नेपाल
+९७७-९८५१३४७४७५
[email protected]
[email protected]
विज्ञापनका लागि
+९७७-९८५१३४७४७५
+९७७-९८१३५४५८४४
हाम्रो लिंकहरु
प्रदेश समाचार