आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिए । सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, चिकित्सकबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी चिकित्सक संघमा बुझाउने र मंगलबार संघले प्रमाणपत्र मेडिकल काउन्सिलमा बुझाउने लगायत आन्दोलनका कार्यक्रम तय भएको छ ।
उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पताल र उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।सोही सन्दर्भमा संघका अध्यक्ष डा. अनिल कार्कीले गम्भीर अभिव्यक्ति दिएका छन् । डा. कार्कीका अनुसार, यस्तो निर्णयले देशभरका चिकित्सकमा निराशा, आक्रोश र असुरक्षा बढाएको छ । ‘आज हामीले धर्ना गर्यौँ, भोलिबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द हुन्छ,’ डा. कार्कीले भने, ‘यो आन्दोलन सामान्य विरोध होइन, यसले चिकित्सा पेशालाई जोगाउने वा गुमाउने मोडमा पुर्याएको छ ।’
उनका अनुसार आन्दोलन चरणबद्ध रूपमा घोषणा हुन्छ । ‘अहिले चिकित्सकबाट लाइसेन्स संकलन गरिरहेका छौं, यदि माग पूरा भएन भने ती लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने तयारी छ,’ उनले चेतावनी दिए ।डा. कार्कीका अनुसार उपभोक्ता अदालतका फैसलाले चिकित्सकलाई लापरबाही ठहर गर्दै ठूला क्षतिपूर्तिको सजाय दिन थालेपछि पेशागत आत्मसम्मानमाथि गम्भीर संकट आएको हो । उनी भन्छन्, ‘९८ वर्षको बिरामी निधन भएकोमा ५६ लाख रुपैयाँ जरिवाना भनेर फैसला आउँछ भने डाक्टरको नियत, मिहिनेत, सेवा सबैको अवमूल्यन हुन्छ ।’