काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । गत बिहीबार भेटवार्ता भए पनि सार्वजनिक भएको थिएन । आइतबार यसबारे जानकारी बाहिरिएको हो ।

मेयर बालेन र भण्डारीको निजी निवास भंगालमा भेटवार्ता भएको हो । एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएको जनाइएको छ ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् ।

उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् ।

विशेषगरी प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यसँग विविध विषयमा एकमत हुन नसक्दा कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसकेपछि अहिलेसम्म महानगरले बजेट ल्याउन पनि सकेको छैन ।
7
Shares
२२ असार २०८२, आईतवार १९:०८