‘नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभुती गरिरहेका छौ । धर्म परिवर्तनको दबाब र विवादका बीच सामाजिक तनाव बढेको देखिन्छ,’ उनले भने,‘ यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ । धार्मिक सहिष्णुता, समानता, र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउन जरुरी हुन्छ ।’
केन्द्रीय समितिको बैठकमा आइतबार बोलेका उनले वर्तमान सरकारबाट कांग्रेसलाई बढी घाटा भएको बताए । ‘ बारम्बार सरकार परिवर्तनले निम्ताएको समस्या समाधानमा पछिल्लो समय कांग्रेस एमालेको गठवन्धन भइरहनु देशकै लागि हितकर भएको मेरो ठम्माइ छ, यद्यपी यसका असरहरु पनि छन्,’ उनले भने,‘ ठूलो दल कांग्रेसले लाभ भन्दा हानी वेहोर्नु परेको अवस्था छ । संसद र सरकारमा हाम्रो भुमिका पनि कमजोर किन भइरहेको छ ?’नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छः पराजुली
विराटनगर । नेपाललाई हिन्दुराष्ट्र बनाउन नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले माग गरेका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले धार्मिक सहिष्णुता, समानता र बहुमत जनताको भावनालाई सम्बाेधन गर्नका लागि सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने माग गरेका हुन् ।