सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
चिलिमे–त्रिशुली २२० केभी सव–स्टेशन निर्माणको ठेक्कामा आफ्नो कम्पनी ‘प्रो–सोलुसन्स’ मार्फत अनियमितता गरेको आरोपमा तामाङमाथि आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको हो। तामाङ पूर्वमन्त्री तथा कुलमान घिसिङका काका ससुरा हुन् ।पक्राउ पुर्जी जारी हुने अन्यमा प्रोसोलुसन्सका संस्थापक सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।