सिंहले फोनवार्तामा एफ४०४ इन्जिनको आपूर्ति छिटो गराउन आग्रह गरेका थिए, जसले तेजस लडाकू विमान चलाउँछ। साथै, सिंहले जीई एयरोस्पेस र हिन्दुस्तान एयरोनटिक्सबीच एफ४१४ जेट इन्जिन उत्पादन सम्झौता चाँडै टुंगोमा पुर्याउन पनि अनुरोध गरेका छन्। भारतको वायुसेनाले आवश्यक लडाकू विमान समयमा नपाउँदा ढिलाइ भइरहेको छ। दुई देशबीच सैन्य प्रशिक्षण, रक्षा उद्योग र दीर्घकालीन रणनीतिक सहकार्यलाई विस्तार गर्ने योजना पनि छलफलमा परेको भारतीय पक्षको रीडआउटमा उल्लेख गरिएको छ।
भारत–अमेरिका बीच १० वर्षे रक्षा सहकार्यको फ्रेमवर्कमा सहमति
भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी समकक्षी पिट हेगसेथबीच १० वर्षे रक्षा तथा रणनीतिक सहकार्यको नयाँ फ्रेमवर्क बनाउन सहमति भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यस निर्णयको पुष्टि गर्दै भारतलाई दक्षिण एसियामा प्रमुख रक्षा साझेदारको रूपमा लिएको बताएको छ। फेब्रुअरीमा अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भएको सहमतिको आधारमा उल्लेखनीय प्रगति भएको पनि उल्लेख छ।