गृहपृष्ठ » मुख्य समाचार » नेपालमा डेङ्गुको जोखिम बढ्यो, ६० हजारभन्दा बढी सङ्क्रमण हुने अनुमान
सरकारले यस वर्ष नेपालमा डेङ्गु संक्रमण भयावह बन्न सक्ने चेतावनी दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६० हजारभन्दा बढी मानिस सङ्क्रमित हुनसक्ने अनुमान गरेको हो। हालसम्म ७३ जिल्लामा डेङ्गु फैलिएको र १,६०० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
डा. गोकर्ण दाहालका अनुसार मनसुन सक्रिय भएसँगै डेङ्गु फैलाउने लामखुट्टेको प्रजनन बढ्दै गएको छ, जसले आगामी साउनदेखि कात्तिकसम्मको चार महिना जोखिमपूर्ण बनाउनेछ।
महाशाखाले ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वयमा काम गरिरहेको र डेङ्गु नियन्त्रणका लागि व्यापक तयारी थालिएको जनाएको छ।
Avash Media Group Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३६१२/०७९/०८०
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर ३५९६
विराटनगर–५, सम्झना चोक, नेपाल
+९७७-९८५१३४७४७५
[email protected]
[email protected]
विज्ञापनका लागि
+९७७-९८५१३४७४७५
+९७७-९८१३५४५८४४
हाम्रो लिंकहरु
प्रदेश समाचार