असार ११ गते, आफूलाई प्रहरी बताउने ३ जनाको समूहले विराटनगर–१५ का विक्रमकुमार साह तेलीलाई अपहरण गरेर ३ लाख ६४ हजार रुपैयाँ लुटेको थियो। अपहरणपछि उनलाई एकान्त स्थानमा लगेर धम्की दिँदै रकम लुटिएको थियो।
यस घटनामा संलग्न समीर हुसेन र आशिव अन्सारी केही दिनअघि नै पक्राउ परेका थिए भने मुख्य योजनाकार कुशल पाण्डे पक्राउ परेपछि अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
पाण्डेले प्रयोग गरेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनालाई गम्भीर आपराधिक कर्तुत मानेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।