आइएमई ग्रुपको डेढ अर्ब लगानीमा स्थापित ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग’ रौतहटमा सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन उद्योग मन्त्री दामोदर भण्डारीले काठमाडौँमा गरेका हुन्।उद्योगमा दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन क्षमता छ, जुन लचकदार, अग्नि–प्रतिरोधी, वातावरणमैत्री र टिकाउ छन्। बोर्डहरू पार्टिशन, फल्स सिलिङ, मोडुलर किचन र आपतकालीन संरचनामा प्रयोग हुनेछन्।
स्वदेशी कच्चा पदार्थ र स्थानीय जनशक्ति प्रयोग गरी उत्पादन गरिने यस उद्योगमा हाल २०० जनाले रोजगारी पाएका छन्। अध्यक्ष चन्द्र ढकालका अनुसार, यो उद्योगले आयात प्रतिस्थापन, विदेशी मुद्रा बचत र निर्माण क्षेत्रमा आत्मनिर्भरता ल्याउनेछ।